युक्रेनी राष्ट्रपतिको दाबी: युद्धमा वाग्नर समुहका २१ हजार सैनिक मारिए

युक्रेनी राष्ट्रपतिको दाबी: युद्धमा वाग्नर समुहका २१ हजार सैनिक मारिए

केन्द्रबिन्दु
0
Shares

रुस र युक्रेनबीच युद्ध सुरु भएको १६ महिना पुगेको छ। यस क्रममा दुवै देशका प्रमुखले एकअर्कामाथि आरोप–प्रत्यारोप लगाइरहेका छन्।  यसैबीच युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी तानाशाह भ्लादिमिर पुटिनलाई  आफूलाई भन्दा बढी खतरामा रहेको दाबी गरेका छन्।

जब जेलेन्स्कीलाई स्पेनी पत्रिका एल मुन्डोले युद्धको बीचमा आफ्नो ज्यानको डर छ कि? भनेर सोधिएको थियो, जवाफमा उनले भने,'यस्तो डर सबैभन्दा बढी पुटिनलाई छ किनभने पुटिनले केबल मलाई मार्न चाहेको छ जबकी सारा संसारले उसलाई मार्न चाहन्छ।'

जेलेन्स्कीको बयान उनले वाग्नर मालिक येभजेनी प्रिगोजिन विरुद्ध विद्रोहको नेतृत्व गरेको एक हप्ता पछि आएको हो। उनका अनुसार वाग्नरका सिपाहीहरूले आफ्ना मानिसहरूसँगै पुटिनको नेतृत्वलाई पराजित गर्ने कसम खाएका थिए। जेलेन्स्कीले अन्तर्वार्ता मार्फत जारी युद्धमा अहिलेसम्म कम्तिमा २१,००० वाग्नर लडाकु मारिएको र ८०,००० अन्य घाइते भएको दाबी गरेका छन्।

जेलेन्स्कीले यो पनि जोड दिए कि फ्रन्टलाइन सिपाहीहरू सबैभन्दा जोखिममा छन्। युक्रेनी नेताले युद्धको मैदानमा हरेक सेकेण्डमा लगातार विस्फोट भइरहेकाले जीवन निकै कठिन भएको बताए। ‘म त्यहाँ धेरै पटक आएको छु र मलाई थाहा छ के भइरहेको छ। भगवानले सिपाहीहरूलाई अगाडि बढ्न र घर फर्कने शक्ति दिनुहुन्छ।’

Skip This
Skip This
Logo