राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराज भक्त श्रेष्ठले राजनीतिक दलहरुमा सरकारका निकायदेखि संघसंस्था सम्ममा देखिएको भागबण्डाको प्रवृति डरलाग्दो भएको बताएका छन्।
मंगलवार अर्थ समितिको बैठकमा सांसद श्रेष्ठले समिति सभापति चयनको माग गर्दै राजनीतिक दलमा भागबण्डाको सिन्डिकेट डरलाग्दो रुपमा दखिएको बताएका हुन् ।
उनले भने, ‘अर्थ समितिको विधिवत सभापति हामीले कहिले पाउछौं ?यसमा पनि भागबण्डा नमिलेर चुनाव नभएको हो की ? जहाँ पनि भागबण्डा !रेडक्रस जस्तो संस्थामा समेत भागबण्डा! कस्तो सिन्डिकेट । अरु दलाली गर्नेको सिन्डिकेट भन्दा पनि राजनीतिक दलहरुको सिन्डिकेट मलाई अझ डरलाग्दो लाग्यो । यस्तो पनि हुन्छ २१औं शताब्दीमा ।’
बैठकमा उनले असारे प्रवृतिको विकासले निकास नदिने भन्दै उक्त प्रवृतिलाई रोक्न समितिको ध्यानाकर्षण पनि गराएका छन् ।
सांसद श्रेष्ठले सहकारीको लागि वित्तीय नीतिको आवश्यकता औंल्याउँदै अनौपचारिक वित्तीय प्रणालीमा रहेको पैैसालाई राजस्व चुहावटको माध्यम बन्न बाट रोक्न अर्थमन्त्री र अर्थ सचिवलाई आग्रह गरे । ‘अनौपचारीक वित्तीय प्रणालीमा भएको पैसामा हामीले ध्यान दिन सक्नुप-यो । त्यो एकदम ठूलो समस्या हो । राजस्व चुहावट देखि सबै किसिमको वित्तीय अपराध हो त्यो । त्यसमा तपाईंहरु अझ सर्तक र चनाखो हुनुपर्छ । त्यहाँ अवसर पनि छ र भ्रष्टाचारको कालो धन पनि त्यहाँबाट धेरै निस्किन्छ,’ उनले भने ।





























प्रतिक्रिया