पछिल्लो २४ घन्टामा २२ सय सवारी चालक कारवाहीमा

पछिल्लो २४ घन्टामा २२ सय सवारी चालक कारवाहीमा

केन्द्रबिन्दु
0
Shares

ट्राफिक नियम  उल्लङ्घनको आरोपमा २ हजार बढी सवारी चालक कारवाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार २०३ सवारी साधन र चालक कारवाहीमा परेका छन्। 

जसअनुसार मापसेमा ६९, लेन उलङघनमा १२०, रेड लाइट प्रवेशमा ७३, चर्को हर्नमा २८ जना सवारी चालक कारवाहीमा परेका छन्। यसैगरी, नम्बर प्लेट २१, लिडारगनमा १४७  र अन्य १ हजार ७ सय ४५ गरी २ हजार २०३ सवारी चालकलाई कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ। 

Logo