राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार बापतको खर्च सरकारले बेहोर्ने भएको छ। उपचारमा खर्च भएको ५५ लाख रुपैयाँ सरकारले नै बेहोर्ने भएसँगै उक्त रकम भुक्तानी गरिदिन परराष्ट्र मन्त्रालयले सोमबार अर्थ मन्त्रालयलाई पत्र लेखेको छ।
परराष्ट्र सचिवस्तरीय निर्णयअनुसार सोमबार परराष्ट्रले अर्थ मन्त्रालयलाई पत्र पठाएको हो। राष्ट्रप्रमुखको खर्च प्रायः सरकारले नै बेहोर्ने भए पनि राष्ट्रपति पौडेलले स्वास्थ्योपचार खर्च आफैँले बेहोर्न चाहेको भन्दै उनको स्वकीय सचिवालयले जनाएको थियाे। तर राष्ट्रपतिको तर्फबाट उपचार खर्च तिर्ने पहल भएको थिएन।
































प्रतिक्रिया