मैथली महाकवि विधापतिलाई पहाडसँग जोडनुपर्छः योगेश भट्टराई

मैथली महाकवि विधापतिलाई पहाडसँग जोडनुपर्छः योगेश भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता योगेश भट्टराईले मैथली महाकवि विधापतिको योगदानबारे सबै नेपालीले बुझ्न आवश्यक रहेको बताएका छन्। उनले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विधापतिको महत्ववारे जानकारी दिनुपर्ने जनाएका हुन्।

मंगलबार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भने,'मैथली भाषामा महाकवि विधापतिको ठुलो योगदान छ, देशकै दोश्रो ठुलो भाषाका महान साहित्यकारलाई मधेशले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ।' उनले मधेशमा भानुभक्त र पहाडमा विधापतिलाई उत्तिकै महत्व दिनुपर्ने वताए ।

हरिवन नगरपालिकाको ८ नम्वर वडाले वनवाटिकामा स्थापना गरेको पृथ्वी नारायण साह, बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक अनावरण गर्दै उनले विधापतिको शालिक पनि अनावरण गर्न पाएको भए आफूअझ प्रफुल्लित भएकाे बताए। एमालेका केन्द्रीय सचिव र पहाडी जिल्ला ताप्लेजुङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भट्टराई अहिले पार्टीको मधेश प्रदेश ईन्चार्जको जिम्मेवारीमा छन्।

नेपाल बहुभाषिक र वहुजातिय फुलवारी भएकोले मधेशको वारेमा पहाडमा र पहाडको वारेमा मधेशमा पर्याप्त जानकारी हुनुपर्ने उनकाे भनाइ छ। 'आफू केही दिन पहिले कर्णालीको हुम्ला, जुम्ला, मुगु, डोल्पामा जादा मधेशका शिक्षक साथी भेटेर आनन्द आयो,' भट्टराईले भने, 'पहाडको वारेमा उहाँहरुले धेरै राम्रो वुझाई रहेछ, हामी पहाडवासी भन्दा पनि धेरै, त्यसैले पहाडले मधेश पनि त्यसै गरि वुझौ।' आफू मन्त्री भएको बेला इलामको सुर्योदय नगरपालिकामा विधापतिको शालिक बनाउन बजेट पठाएको उनले स्मरण गरे। 

Logo