प्रतिनिधिसभा बैठक दुई दिनका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री चयनका सन्दर्भमा दिएको अभिव्यक्तिका विषयमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेकपा (एमाले)सहित विपक्षी दलले अवरोध गरेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक पुनः बस्न नसकेपछि दुई दिनका लागि स्थगित भएको हो ।
अब बैठक २२ गते शुक्रबार दिनको ३ बजे बस्ने जानकारी दिइएको छ ।
आजको बैठकको सुरुमै विपक्षी सांसद्हरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सांसद् रघुजी पन्तलाई समय दिएका थिए । सांसद पन्तले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिका विषयमा सदनको ध्यानकर्षण गराए । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिसम्बन्धी विषय स्पष्ट नभएसम्म सदनको कारबाही अघि बढ्न नसक्ने उनले बताए ।
त्यसपछि सभामुख घिमिरेले बैठक अघि बढाउन सत्तापक्षका सांसदलाई समय दिएपछि विपक्षी सांसद् उठेर ‘वेल’ घेराउ गर्न थालेपछि बैठक आधा घण्टाका लागि स्थगन भएको थियो । तर, पछि बस्न सकेन ।































प्रतिक्रिया