कोशी प्रदेशः गठबन्धनले दाबी गर्नुअघि एमालेले गरायो प्रदेश प्रमुखको ध्यानाकर्षण

कोशी प्रदेशः गठबन्धनले दाबी गर्नुअघि एमालेले गरायो प्रदेश प्रमुखको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख बाबुराम गौतमलाई समेत गणना गरी बहुमत जुटाउने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ। 

सभामुख गौतम हाल कुनै पनि दलको सदस्य नभएकोमा प्रदेश प्रमुखलाई  जानकारी गराउँदै एमाले दलको तर्फबाट हिक्मतकुमार कार्कीले ध्यानाकर्षण गराएको पत्रमा भनिएको छ ‘उपरोक्त तथ्य, प्रमाण र विश्लेषणको आधारमा समाभुख पदमा आशिन व्यक्ति निष्पक्ष र तटस्थ भूमिकामा रहने हुँदा कुनै निश्चित दलको संख्यामा गणना गरी सोही आधारमा प्रदेश सरकार गठन प्रक्रियामा बहुमत पुर्याएको भनि संविधानको धारा १६८ ९२० बमोजिमको सरकार गठनका लागि दाबी पेश भई आएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि माननीय प्रदेश प्रमुखज्यू समक्ष विनम्रतापूर्वक यो ध्यानाकर्षण पत्र पेश गरेको छु।’

प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आजै ५ बजेसम्मका लागि दिएको समयलाई मध्यनजर गर्दै गठबन्धन दलहरु दाबी पेश गर्ने तयारीमा छन् । 

हेर्नुहाेस्, ध्यानाकर्षण पत्र-

 

Skip This
Skip This
Logo