कोशी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्रीको रूपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापाले दाबी प्रस्तुत गरेका छन् ।
सभामुख बाबुराम गौतमसहितको बहुमत संख्या पुर्याएर थापाले प्रदेश प्रमुख परशुराम खापुङ्गसमक्ष सरकारको दाबी गरेका हुन् । कांग्रेसका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै उनले दाबी पेश गरेका हुन् ।
९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । गठबन्धनसँग ४६ सीट र एमाले-राप्रपासँग पनि ४६ नै सीट रहेको छ । गठबन्धनले राप्रपालाई सरकारमा सहभागी गराउने तयारी गरेको थियो । तर, राप्रपाले तत्काल निर्णय नदिएकाले सभामुख गौतमलाई माओवादी सांसद गनेर बहुमत पुर्याइएको हो ।
यसअघि नेकपा एमाले कोशी प्रदेश संसदीय दलले सभामुख गौतमलाई समेत गणना गरी बहुमत जुटाउने प्रयत्न भएको भन्दै प्रदेश प्रमुख खापुङको ध्यानाकर्षण गराएको थियो । त्यसो भएमा मुख्यमन्त्री नियुक्त नगर्नका लागि पनि आग्र गरेको छ ।































प्रतिक्रिया