सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालकाे लाखबत्ती बालेर आरम्भ

सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपालकाे लाखबत्ती बालेर आरम्भ

केन्द्रबिन्दु
0
Shares

यस वर्षको मिस नेवाः नेपाल लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ती र सुख समृद्धीको कामना गर्दै आरम्भ भएको छ।

नेप्लीज फेशन होमको आयोजनामा हरेक वर्ष हुँदै आएको नेवार समुदायका युवतीहरुबीचको सौन्दर्य प्रतियोगिता मिस नेवाः नेपाल यसमा सहभागी प्रतियोगी सुन्दरीहरुले राजधानीको इन्द्रचोकस्थित आकाश भैरवमा लाखबत्ती बालेर पूजाआजा गरी विश्व शान्ती र सुख समृद्धिको कामना गर्दै आरम्भ भएको हो । 

१७औं संस्करणको यस वषको मिस नेवाः नेपालमा देशका विभिन्न जिल्लाबाट १७ नेवार युवतीले सहभागीता जनाएका छन् । 

आयोजक संस्था नेप्लीज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशक भन्दा अघिदेखि उक्त प्रतियोगिता आयोजना गरिँदै आएको बताइन् । नेवार भाषा, कला, संस्कृति र संस्कारको जगेर्ना तथा नेवार भाषा, कला, संस्कृति, व्यक्तित्व र नेतृत्व विकास, पाक कलाबारे ज्ञान दिलाउन यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको उनको भनाई छ। 

प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने पनि उनले जानकारी गराइन्।

नयाँ संस्करणको मिस नेवाः नेपालको आरम्भका अवसरमा मिस नेवाः नेपाल र मिस लिटील नेवाःका विजयी तथा प्रतियोगीहरुले पब्लिक केयर सेन्टर पिस नेपाल, महालक्ष्मीस्थान र विवेक स्वच्छ सेवा केन्द्र, अनामनगरमा खाद्यान्न तथा शैक्षिक सामाग्री पनि प्रदान गरेका छन्। 

मिस नेवाः नेपालका प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारका स्वरूप एक लाख रुपियाँ पुरस्कार प्राप्त गर्ने छिन् भने विभिन्न उपउपाधि पनि प्रदान गरिने आयोजक संस्थाले जनाएको छ।

Skip This
Skip This
Logo