प्रतिपक्षी दल नेकपा एमालेले कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ ।
रिटमा सभामुखसमेतलाई जोडेर गठबन्धनले सरकार गठन गरेको र संविधानको धारा १६८ को उपधारा २ द्वारा निर्मित सरकार असंवैधानिक भएकाले उत्प्रेषणको आदेशद्वारा बदर गरी धारा १६८ को उपधारा ३ अनुसार नयाँ सरकार गठनको बाटो खोल्नलाई परमादेश जारी गर्न माग गरिएको छ ।
ललिता निवास जग्गा प्रकरणका दोषिहरु विभिन्न उपाय लगाएर उम्किएको भन्दै खबरदारी गरिएको छ।
काठमाडौंको माइतीघरमा खबरदारी सभामा सहभागीहरुले ललिता निवासको जग्गा प्रकरणका दोषिमाथि कारवाही हुनुपर्ने माग गरेका हुन्।
जग्गा खाने भू-माफियाहरु कानूनी क्षीद्र प्रयोग गरी उम्किएको भन्दै उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको आरोपमा तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायण गोपाल मलेगो विरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।
काठमाडाैँकाे ठमेलमा रहेको लर्ड अफ द ड्रिङ्क्स (एलओडी) क्लबका सञ्चालक रुदिल बल्लव श्रेष्ठलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ। एलओडीमागएकी १६ वर्षकीबालिकाबलात्कृत भएको घटना सार्वजनिकभएपछि सञ्चालक श्रेष्ठलाई शुक्रबार बिहान कुपण्डोलबाट पक्राउ गरिएको हो। त्यही मुद्दामा अर्का सञ्चालक राजुसिंह सुवाललाई बिहीबार बेलुकी बालुवाटार बाट पक्राउ गरिएको थियो।
मुलुकभर हालसम्म करिब २७ प्रतिशत धान रोपाइँ भएको छ। गतवर्ष असार २१ गतेसम्म करिब ४० प्रतिशत रोपाइँ भएको थियो भने यसवर्ष पछिल्लो वर्ष भन्दा करिब १३ प्रतिशत कम रोपाइँ भएको हो। प्रदेशसँगको समन्वयमा तयार गरिएको तथ्याङ्क अनुसार असार २१ गते बिहीबारसम्म करिब २७ प्रतिशत मात्र रोपाइँ भएको छ । विशेषगरी मधेस प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा मनसुन ढिलो सुरु भएको कारण रोपाइँमा कमी भएको हो।
राष्ट्रिय किसान सञ्जालले, तत्काल किसान वर्गिकरण सहितको किसान परिचयपत्रको व्यवस्था गर्न सरकारसंग माग गरेको छ। काठमाडौंमा शुक्रबार पत्रकार सम्मेलन गरी सञ्जालले, किसान वर्गिकरण सहितको किसान परिचयपत्रको व्यवस्था गर्न र सो कार्डका आधारमा किसानलाई आवश्यक सुविधा उपलब्ध गराउन माग गरेको हो ।
वर्षा कम भएपछि मात्र मेलम्चीको पानी काठमाडौं उपत्यका माल्याइने भएको छ । मेलम्ची नदीको माथिल्लो क्षेत्रमा नियमित वर्षा भइरहेकाले लेदोसहितको बाढी आउँदा अहिले सुरुङ बन्द गरिएको हो। नदीमा सफा पानी बग्न थालेपछि मात्र पानी काठमाडौं उपत्यका माल्याउन सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई असार २३ र ३० गते शनिबारका दिन सेवा बन्द नगर्न परिपत्र गरेको छ।
चालु आर्थिक वर्ष सकिने बेलामा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले परिपत्रजारी गरेको हो ।
मेटाले बुधबार सार्वजनिक गरेको एप थ्रेड्सविरुद्ध ट्विटरले कानुनी कारवाही खोज्ने भएको छ। तीन करोड बढी प्रयोगकर्ताले चलाउन थालिसकेको थ्रेड्सका विषयमा ट्विटरका प्रमुख एलन मस्कले चोरी गर्नु ठिक नभएको बताएका छन्। मेटाले ट्विटरका दर्जनौँ पूर्वकर्मचारी राखेर त्यस्तै एप बनाएपछि मुद्दा हाल्ने तयारी गरिएको हो ।
नेपाली स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले अर्को साताबाट सुरु हुने एसिसी इमर्जिङ टिम्स एसिया कप नखेल्ने भएका छन्।
सन्दीप र दीपेन्द्रले जुलाई २० देखि सुरु हुने फ्रेन्चाइज लिग ग्लोबल टी–ट्वान्टी क्यानडामा आबद्ध भएका कारण उनीहरुले इमर्जिङ टिम्स एसिया कपमा सहभागि जनाउन नसक्ने भएका हुन्।





























प्रतिक्रिया