काठमाडौँ महानगरले कक्षा ११ मा छात्रवृत्तिका लागि तोक्यो परीक्षा मिति

काठमाडौँ महानगरले कक्षा ११ मा छात्रवृत्तिका लागि तोक्यो परीक्षा मिति

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीका लागि परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ। यही असार २८ गतेदेखि साउन १२ गतेसम्म अनलाइन आवेदन दिन सकिने महानगरले जनाएको छ। परीक्षा साउन २० गते बिहान ११ बजेदेखि सञ्चालन हुने भएको छ।

काठमाडौँ महानगरपालिका अन्तर्गत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा भर्ना भई छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परीक्षा सञ्चालनको सबै तयारी पुरा भएको मेयर बालेन साहले बताएका छन्। 

Skip This
Skip This
Logo