गगन थापाले भने- ‘देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो’

गगन थापाले भने- ‘देशको आवश्यकता म वा मेरो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु हो’

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु नै देशको अहिलेको आवश्यकता भएको बताएका छन्।

शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफू पुनः काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू वा आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने प्रस्ट पारेका हुन्। नेपालमा अर्को प्रधानमन्त्री को बन्दै छ भन्ने कुरा सबै नेपालीलाई पहिले नै थाहा हुने भइसकेको भन्दै उनले अब पूर्वप्रधानमन्त्रीलाई पुनः प्रधानमन्त्री बन्न रोक्न सक्नुपर्ने धारणा राखे।

‘म नेपाली काँग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोसिस गरेको हो। मैले सबै साथीहरूको मन चित्त त बुझाउन सकिनँ। तर म थाकेको छैन, हारेको छैन, नेपाली काँग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री काँग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बनाउनु हुँदैन, त्यस कारणले गर्दा फेरि काँग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु, त्यसलाई बदल्छु, सके आफू बन्छु, नसके अर्कोलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु,’ उनले भने।

Logo