काठमाडौं ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गए राति १२ बजे देखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँले मूल्य बढाएको हो ।
अब पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १०२ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य ८८ रुपैयाँ पुगेको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको छ ।































प्रतिक्रिया