केन्द्रबिन्दु एक्सप्रेसः नागरिकताका आधारमा केरूङ पासदेखि एसईईको ग्रेडवृद्धि परीक्षासम्म [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः नागरिकताका आधारमा केरूङ पासदेखि एसईईको ग्रेडवृद्धि परीक्षासम्म [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नो पुस्ताको व्यक्ति  प्रधानमन्त्री बन्नु देशको अहिलेको आवश्यकता भएको बताएका छन् । उनले आफू पुनःकांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा लाग्ने र बदल्न सके आफू र आफ्नो पुस्ताको व्यक्तिलाई प्रधानमन्त्री बनाउने र अब पूर्वप्रधानमन्त्री पुनःप्रधानमन्त्री बन्ने कुरा रोक्ने बताएका छन् ।

नेपाल-चीन सीमामा पर्ने केरूङ नाकासम्म आवतजावतका लागि दिइने स्थायी परिचयपत्र नागरिकता प्रमाण पत्रका आधारमा प्रदान गरिने भएको छ। यसअघि सीमा क्षेत्रका बासिन्दालाई केरूङ आवतजावत गर्न नागरिकता प्रमाणपत्र वा बसाइँसराइको कागजका आधारमा स्थायी परिचयपत्र उपलब्ध गराइँदै आइएको थियो।

मिटरब्याज पीडितले देशभरबाट अहिलेसम्म झण्डै २४ हजार उजुरी दिएका छन्। सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगका अनुसार परेका उजुरी मध्ये एक हजार तीन सय ८५ वटामा मेलमिलाप भएको छ। यसअघि सरकारले जिल्ला प्रशासन कार्यालय मार्फत उजुरी दिन सक्ने व्यवस्था गरेको थियो।
 
माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि परीक्षा साउन २६ र २७ गते हुने भएको छ। अन्तिम ग्रेड सी या सी भन्दा कम प्राप्त गरेकामध्ये बढीमा दुई विषयमा ग्रेडवृद्धि परीक्षा दिन पाउने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार दुई विषयसम्म अनुपस्थित रहेका विद्यार्थीले पनि ग्रेडवृद्धि परीक्षा दिन पाउने छन्। तर परीक्षा रद्द भएका परीक्षार्थीहरु भने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउने छैनन्।  

काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि परिक्षा सम्बन्धी सूचना प्रकाशन गरेको छ। महानगरपालिका अन्र्तरगत सञ्चालित संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८०/८१ मा कक्षा ११ मा छात्रवृत्तिमा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि परिक्षा सञ्चालनको मिति सार्वजनिक गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले भारतको सहयोगमा प्रधानमन्त्री बनेको अभिव्यक्ति प्रति कडा आपत्ति जनाएका छन्।

उनले, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारपूर्ण भएको र त्यसबारे सदनमा आएर जवाफ दिनुपर्ने समेत बताए। लामिछानेले संसदमा सभामुखले रास्वपालाई बोल्न नदिएको भन्दै आक्रोश पनि पोखे। 

गएको चैत १५ देखि अहिलेसम्म तीन महिनाको अवधिमा छ हजार चार सय २० वटा सवारी दुर्घटना भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार ती दुर्घटनामा परेर पाँच सय ८१ जनाको मृत्यु भएको छ भने एक हजार सात सय २१ जनागम्भीर घाइते भएका छन्। यस्त सवारी सम्बन्धमा सात लाख ३६ हजार जनालाई कारवाही गरिएको छ। 

नेदरल्यान्ड्सका प्रधानमन्त्री मार्क रुट्टले राजीनामा दिएका छन्। आप्रवासी नीतिमा निरन्तर चलेको छलफल र वार्तामा सहमति जुट्न नसक्दा नेदरल्यान्ड्समा सरकार ढलेको छ।

चिनियाँ अर्बपति ज्याक माको कम्पनी एन्ट ग्रुपलाई चीनको वित्तीय नियमनकारी निकायहरूले एक अर्ब अमेरिकी डलर भन्दा धेरै जरिवााना तोकेको छ। विभिन्न वित्तीय कानुन र निर्देशिकाहरूको पालना नगरेको भन्दै एक अर्ब अमेरिकी डलर भन्दा धेरै जरिवााना तोकिएकोे हो। हाङझाउमा रहेको एन्ट ग्रुपसँग अलीपेलगायत विभिन्न प्रमुख चिनियाँ प्लाटफर्महरूको स्वामित्व छ।

एक सातापछि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपको कुनै पनि खेल लेओडिआई मान्यता पाउने छैन। प्रतियोगितामा प्रमुख टोली पठाउने नेपाल एक मात्रै देश हुने भएकाले श्रीलंकामा हुने सो प्रतियोगितालाई मान्यता नदिइएको हो। 

Skip This
Skip This
Logo