ललिता निवास जग्गा प्रकरणमा थप ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ध्रुव प्रसाद अर्याल र लोकहरि घिमिरे र कृष्णबहादुर राउत रहेका छन्। आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए। त्यस्तै राउत भने सञ्चार मन्त्रालयका सचिव हुन्। यो सँगै ललिता निवास जग्गा प्रकरणमा पक्राउ पर्नेको संख्या १२ पुगेको छ।\
आरोपी अर्याल तत्कालीन नापी कार्यालय काठमाडौँबाट ललिता निवासको जग्गा नाप जाँचमा खटिएका सर्वेक्षक हुन् भने घिमिरे समरजङ्ग कम्पनीका प्रमुख थिए। त्यस्तै राउत भने सञ्चार मन्त्रालयका सचिव हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद आरजु राणा देउवाको नाम लिइएको अडिओ जेलमा रहेका सन्देश शर्माको स्वरसँग मेल खाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भएका ३४ वर्षीय शर्मा माथि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ। प्रहरीले आइतबार निवेदकलाई दिएको जानकारी पत्रमा शर्माको स्वरसँग अडिओ मेल खाएको उल्लेख गरेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको आरोप लगाएका छन्। आइतबार संसद भवन नयाँ बानेश्वरमा ओलीले सदन सञ्चाल गर्न आफूहरु सकारात्मक भएपनि प्रधानमन्त्री कै कारण संसद बैठक सरेको बताए। उनले एमालेमाथी लगाइएको गम्भीर आरोपहरु फिर्ता नभएकाले सहमत हुन नसकेको जिकिर गर्दै प्रधानमन्त्रीको राजिनामा नआए संसद चल्न नसक्ने दाबी गरे।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, एमालेका कारण नभई प्रधानमन्त्रीका कारण संसद बन्द भएको आरोप लगाएका छन्।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गर्न परेको रिटमाथिको सुनुवाइ आइतबार नभ्याइनेमा परेकाे छ। न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको रिट हेर्न नभ्याइनेमा परेको हो।
वैदेशिक रोजगारीकालागि जोर्डन जानलागेका १५ जनालाई अध्यागमन विभागले फर्काएको छ। जोर्डन काम गर्न जान गएको मानिसहरूको वर्किङ भिसा नदेखिएको र मिनिस्ट्रि अफइन्भस्मेन्टले भिसाजारी गर्ने निकायलाई भिसा रिन्यूको लागि अनुरोध गरेको पत्र मात्र भएकाले प्रस्थान दिन नसकिएको जानकारीसहित उनीहरूलाई फर्काएको हो।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षामा औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि कक्षा ११ मा भर्ना गर्न आग्रह गरेका छन्। बोर्डले सबै माध्यमिक विद्यालय र क्याम्पसहरुलाई औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि ११ कक्षामा भर्ना गराउन अनुरोध गरेको हो।
मिटरव्याजविरूद्धको संघर्ष समिति नेपालले कानून पारित गराउन माग गर्दै संघीय संसद भवन घेराउ गरेको छ। संघर्ष समितिमा आवद्धहरुले आइतबार काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवन अगाडि मिटरव्याजविरूद्ध कानून छिटो बनाउन माग गर्दै दवाव दिएका हुन्।
दिवंगत गायक तथा अभिनेता राेविन तामाङको आइतबार अन्तिम विदाई गरिएको छ। उनको पार्थिव शरीरमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय झण्डा ओढाएका थिए। त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा , कांग्रेस महामन्त्री गगन थापालगायत अन्य उपस्थित कलाकर्मीहरुले पनि फूलमाला चढाएर तामाङप्रति श्रद्धासुमन व्यक्त गरे।
वाग्मती प्रदेश सरकारले सार्वजनिक सवारीको नयाँ भाडादर सार्वजनिक गरेको छ ।प्रदेश सरकारले काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीका लागि छुट्टै भाडादर तोकेको हो । जहाँ न्युनतम ० देखि ५ किलोमिटर सम्मको भाडा १९ रुपैयाँ तोकिएको छ भने अधिकतम २० किलोमिटर भन्दामाथिको भाडा ३८ रुपैयाँ तोकिएको छ।
बोर्डले सबै माध्यमिक विद्यालय र क्याम्पसहरुलाई औसत ग्रेड ल्याउने विद्यार्थीलाई पनि ११ कक्षामा भर्ना गराउन अनुरोध गरेको हो।
हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्से आइतबार २८ दशमलव ३८ अङ्कले बढेर दुई हजार ७७ दशमलव ७६ विन्दुमा पुगेको छ।
स्पेनलाई हराउँदै इंग्ल्याण्डले युरोपियन अन्डर–२१ च्याम्पियनसीपको उपाधि जितेको छ।जेम्स ट्राफोर्डले इन्जुरी समयको पेनाल्टी रोकेपछि इंग्ल्याण्डले ४० वर्षपछि उपाधि हात पारेको हो। यसअघि इंग्ल्याण्डले सन् १९८२ र १९८४ मा यो उपाधि जितेको थियो। प्रतियोगितामा इंग्ल्याण्डले लगातार ६ वटा क्लिन सिट राख्दै नयाँ रेकर्ड पनि कायम गरेको छ।





























प्रतिक्रिया