नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडेर नेपाली कांग्रेसकी नेतासमेत रहेकी सांसद आरजु राणा देउवाको नाम लिइएको अडिओ जेलमा रहेका सन्देश शर्माको स्वरसँग मेल खाएको छ।
भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै राणाले उक्त अडिओमाथि छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन्।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ घर भएका ३४ वर्षीय शर्मा कारागारमा छन्। उनीमाथि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले ठगी तथा संगठित अपराध कसुर मुद्दामा अनुसन्धान गरिरहेको छ।
राणाले उक्त अडिओ ’फेक’ भएको दाबी गर्दै सत्यतथ्य बाहिर ल्याउन प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी थिइन्। प्रहरीेले आइतबार निवेदकलाई दिएको जानकारी पत्रमा शर्माको स्वरसँग अडिओ मेल खाएको उल्लेख गरेको छ।
उनले उजुरीमा ‘मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसले, कसरी र के उद्देश्यले रेकर्ड गरेका हुन्? उक्त अडिओका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कडाभन्दा कडा कारवाही गरियोस्’ भनेर लेखेकी थिइन्।
सांसद आरजुले नै आफूले साइबर ब्यूरोमा दिएको निवेदनबारे के भइरहेको छ जानकारी दिन माग गर्दै निवेदन दिएकी थिइन्। भुटानी शरणार्थी प्रकरणमा आरजु राणा र मञ्जु खाणलाई पैसा बुझाएको दाबी गरिएको अडिओ प्रहरीसँग, अनुसन्धान हुँदै राणाले उक्त अडिओमाथि छानबिन गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा गत वैशाख २७ गते उजुरी दिएकी थिइन्।
उनले उजुरीमा ‘मेरोसमेत नाम जोडी कुराकानी गरिएको अडिओ रेकर्ड कहाँ, कसले, कसरी र के उद्देश्यले रेकर्ड गरेका हुन्? उक्त अडिओका बारेमा अत्याधुनिक प्रविधि प्रयोग गरी सत्यतथ्य व्यहोरा तत्काल सार्वजनिक गर्दै दोषीमाथि कडाभन्दा कडा कारवाही गरियोस्’ भनेर लेखेकी थिइन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व मन्त्रीहरू सहित १६ जना अहिले पुर्पक्षका लागि थुनामा छन्।





























प्रतिक्रिया