ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सीआईबीको आग्रह

ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न सीआईबीको आग्रह

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ।

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले विज्ञप्ति निकालेर ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सीआईबीले अनुसन्धान गरिरहेको हुँदा यो प्रकरणलाई जोडेर अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन्।

कसुरको तथ्यगत विषयलाई मोडेर असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नामसमेत जोडी अतिरञ्जित र भ्रामकरूपमा आएका समाचार तथा सामग्रीमा गम्भीर ध्यानाकर्षण भएको सीआईबीले जनाएको छ।

पछिल्लो पटक गएको आइतबार ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन्। यो प्रकरणमा पक्राउ परेका अन्य आरोपितलाई पनि म्याद थप्न आज अदालत लैजाने तयारी छ।

 

Logo