आज विश्व जनसङ्ख्या दिवस,‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज: सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ भन्ने नाराका साथ मनाइँदैछ। सन् १९८९ देखि हरेक वर्ष जुलाईको ११ तारिखमा दिवस मनाउने गरिएको छ।
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या झण्डै ५ अर्ब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो। अहिले विश्वको जनसङ्ख्या आठ अर्ब पुगेको छ।
नेपालको जनसङ्ख्या अहिले २ करोड ९१ लाख ९२ हजार ४ सय ८० छ।राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नेपालको जनसाङ्ख्यिक संरचनामा केही फेरबदल आएको देखिन्छ। स्वास्थ्य, शिक्षा र पूर्वाधारको क्षेत्रमा सुधार देखिए पनि सहरी तथा सुविधा सम्पन्न ठाउँमा जनसङ्ख्याको चाप बढ्दो छ। लैङ्गिक विभेद र सामाजिक कुरीतिहरू कायमै रहेकाले यसको न्यूनीकरणका लागि थप कदम चाल्नुपर्ने देखिन्छ। अव्यवस्थित बसाइसराइको प्रक्रिया रोक्न सरकारका काम प्रभावकारी हुन सकेको छैन।































प्रतिक्रिया