अपडेटः मनाङ एयरको हेलिकोप्टर लामजुरा आइपुग्दा ‘हेल्लो’ मात्रै सन्देश आएको थियाे

अपडेटः मनाङ एयरको हेलिकोप्टर लामजुरा आइपुग्दा ‘हेल्लो’ मात्रै सन्देश आएको थियाे

केन्द्रबिन्दु
0
Shares

सोलुखुम्बुबाट काठमाडौँका लागि आज विहान उडेको मनाङ एयरको हेलिकोप्टर सम्पर्कविहीन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर काठमाडौँका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको हो । 

“मनाङ एयरको हेलिकोप्टर सम्पर्कबिहीन रहेको जानकारी आएको छ, टावरसँग सम्पर्क भएको छैन, लामजुरा पाससम्म आइपुग्दा हेलिकोप्टरसँग भाइबरमा ‘हेल्लो’ मात्रै सन्देश आएको जानकारी आएको छ, खोजी जारी छ”, उनले भने । 

साथै स्याटेलाइट माध्यमबाट पनि सम्पर्कको प्रयास भइरहेको छ । हेलिकोप्टर दुर्घटनामा परेको हो या कतै अवतरण भएको हो एकीन हुन सकेको छैन । 

Skip This
Skip This
Logo