वडा नै नभएको ठाउँमा बजेट गयोः दिलकुमारी थापा

वडा नै नभएको ठाउँमा बजेट गयोः दिलकुमारी थापा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाएकी छन्। मंगलबार राष्ट्रियसभा बैठकमा उनले यस्तो बताएकी हुन् । चितवनको माडी नगरपालिकामा नौवटा वडा रहेको तर केन्द्र सरकारबाट १०औँ वडामा बजेट विनियोजन गरिएको भन्दै उनले आपत्ति जनाइन् ।   

बैठकमा  बाेल्दै उनले भनिन्, “एकातिर बिरामीहरूको उपचारलाई सहज बनाउनेतर्फ सरकारको दायित्व हो भने अर्को, रोगै लाग्न नदिन निरोगी नागरिक उत्पादन गर्नेतर्फ सरकारले ध्यान दिनुपर्छ। औषधि उत्पादनतर्फ हेर्दा औषधिको उत्पादन, भन्डारण र गुणस्तरीयतामा सरकारले ध्यान दिनुपर्छ, अर्थ मन्त्रालय बजेट बाँडफाँट गर्ने मन्त्रालय हो, तर आज अर्थ मन्त्रालय,अर्थ मन्त्रालयमा सबैभन्दा धेरै ५७ प्रतिशत बेरुजु भइरहेको छ । यो के भइरहेको छ ? योजना आयोग र वित्त आयोगहरूले सिफारिस गरेको कुरा किन कार्यान्वयन हुन सक्दैनन्? प्रधानमन्त्रीकै अध्यक्षतामा रहेको राष्ट्रिय योजना आयोग, संवैधानिक आयोग, प्राकृतिक तथा स्रोत वित्त आयोगको कार्यान्वयन भएको छैन। चितवनको माडीमा नौवटा वडा छ, तर १०औँ वडामा संघ सरकारबाट बजेट विनियोजन भएको छ। १० लाख सिँचाइ मन्त्रालयअन्तर्गत भएको छ। नौ किलो सडकका लागि भौतिक मन्त्रालयबाट पाँच लाख विनियोजित भएको छ।”

Logo