साइकल चालकमाथि मुक्का प्रहार गर्ने एकजना पक्राउ

साइकल चालकमाथि मुक्का प्रहार गर्ने एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

साइकल चालकमाथि कुटपिट गरेको आरोपमा एकजना पक्राउ परेका छन्। 

मोरङ विराटनगर–४ दुधफारमस्थित कोशी राजमार्गमा साइकल चालक विराटनगर–६ बस्ने २७ वर्षीय पवन साहलाई कुटपिट गरेको आरोपमा १९ वर्षीय आयुष भेटुवाल पक्राउ गरेको प्रहरीले जनाएको छ। 

बा. १५ च ३४४५ नम्बरको कारमा सवार आयुषसहित कुशल भेटुवाल र रोशन कार्कीले साहमाथि कुटपिट गरेको आरोप लागेको छ। कारबाट झरेर साहमाथि मुक्का प्रहार गर्दै घिसारेर घाइते बनाएको उनीहरुमाथि आरोप छ।

आरोपितमध्ये आयुषलाई पक्राउ गरिएको र दुईजना फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाइ छ। उनीहरुविरुद्ध ज्यान मार्ने उद्योगमा म्याद थप भई कानुनी कारबाही अगाडिड बढाइएको जनाइएको छ।  

Logo