राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले पूर्वाधार विकास कार्यक्रममा छुट्याइएको बजेटले भ्रष्टाचार बढाउने बताएका छन्।
मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले पिछडिएका प्रदेशहरुमा आवश्यक भन्दा कम बजेट गएकोप्रति असन्तुष्टि जनाउँदै पूर्वाधार विकास कार्यक्रममा छुट्याईएको ८ अर्ब २५ करोड बजेटले भ्रष्टाचार बढाउने बताए।
उनले भने,‘मन्त्रीज्यूले आफैले एउटा कार्यक्रममा के भन्नुभयो भने पूर्वाधार विकास कार्यक्रममा जुन ८ अर्ब २५ करोडको विनियोजन भएको छ, त्यो पनि पुँजीगत खर्च हो। त्यो रकममा धेरै ठूलो चुहावट छ। त्यो पोल्टिसियनहरुलाई भ्रष्टाचारी बनाउने कार्यक्रम हो।’
उनले कर्णाली, सुदूरपश्चिम र मधेस प्रदेशमा आवश्यक बजेट जान नसकेको पनि बताएका छन्। सांसद,सांसदका पीए,पार्टीका कार्यकर्तालाई भ्रष्टाचारी बनाउन पूर्वाधार विकास कार्यक्रमको बजेटले सहयोग गरिरहेको आफ्नो अनुभवले बताएको उनको भनाई छ।































प्रतिक्रिया