समाजवादी मोर्चाको बैठक बस्दै

समाजवादी मोर्चाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

समाजवादी मोर्चाको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ। मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन्।

२३ असारमा बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको उद्देश्य र आवश्यकताबारे जानकारी गराउन सातै प्रदेशमा कार्यक्रम गर्ने निर्णय गरेको थियो। साउन पहिलो हप्तादेखि सातै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने गरी कार्यक्रम गर्ने तयारी छ।

कार्यदलमा माओवादी केन्द्रका तर्फबाट महासचिव देव गुरुङ,एकीकृत समाजवादीबाट प्रमेश हमाल,जनता समाजवादीबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्गबहादुर विश्वकर्मा सदस्य छन्।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन्। यी पार्टीका शीर्ष नेताहरुले यही असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए ।

Skip This
Skip This
Logo