समाजवादी मोर्चाको बैठक स्थगित भएकाे छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनपछि बैठक रोकिएको हो।
नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमालले मोर्चाको बैठक रोकिएको पुष्टि गरेका हुन्। समसामयिक राजनीतिक विषयमा छलफल गर्न एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा आज दिउँसो ४ बजे बैठक बस्ने तय भएको थियो।
बैठक मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारीका विषयमा छलफल हुने बताइएको थियो। साउन पहिलो सातादेखि सातवटै प्रदेशमा मोर्चाको औचित्यबारे जानकारी गराउने कार्यक्रम रहेको छ ।





























प्रतिक्रिया