सभामुख घिमिरेद्वारा सीता दाहालको निधनमा दुःख व्यक्त

सभामुख घिमिरेद्वारा सीता दाहालको निधनमा दुःख व्यक्त

केन्द्रबिन्दु
0
Shares

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवन सङ्गिनी सीताको निधनको खबरले आफू स्तब्ध भएको बताएका छन्। उनले आज एक शोक वक्तव्य जारी गर्दै दाहालप्रति श्रद्धाञ्जलि व्यक्त गरेका हुन्। 

सभामुख घिमिरेले शोकाकूल परिवारजनप्रति समवेदना व्यक्त गरे। प्रधानमन्त्री पत्नी सीताको आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो। 
 

Skip This
Skip This
Logo