कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक रहेको दाबी गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासमा पेसी तोकिएको छ।
गत शुक्रबार दर्ता भएको उक्त रिट निवेदनमा चौँथो पटक पेसी तोकिएको हो। यद्यपि, आइतबार, सोमबार र मंगलबार पेसी तोकिए पनि यो रिट निवेदनमा सुनुवाइ हुन सकेन। लगातार तीन दिन ‘हेर्न नभ्याइने’ सूचीमा परेको यो रिट निवेदन बुधबार चौँथो दिन पेसीमा चढेको छ। कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।































प्रतिक्रिया