नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
बुधबार सामाजिक सञ्जालमामार्फत अध्यक्ष ओलीले दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहेका प्रधानमन्त्री दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका हुन् ।
‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालकी जीवन संगिनी सीता दाहालको निधनको खबरले अत्यन्त दुःखी छु । दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पत्नी वियोगमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।’ उनले लेखेका छन् ।
हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको हाे । दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । बुधबार दिउँसो उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।





























प्रतिक्रिया