जोगियो कोशी सरकार, अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

जोगियो कोशी सरकार, अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतले नवगठित कोशी सरकारविरुद्ध दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । योसँगै मुख्यमन्त्री उद्धव थापाको नियुक्ति तत्काललाई जोगिएको छ । लगातार तीनदिन पेसी तोकिए पनि हेर्न नभ्याइएको रिट निवेदनमा आज सुनुवाइ भएर आदेश जारी भएको हो । 

अदालतले थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गर्ने सन्दर्शमा पेश भएका प्रस्ताव, समर्थन, दावी, हस्ताक्षरलगायतका सम्पूर्ण कागजातसहित प्रदेश प्रमुख कार्यालयको भएको निर्णयको सक्कल फाइल साउन ३ गतेभित्र पेश गर्न पनि आदेश जारी गरेकाे छ । 

थापा नेतृत्वको सरकार अवैधानिक भन्दै एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले असार २२ गते सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । रिट निवेदनमा असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभामा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिका लागि परमादेशसमेत माग गरिएकाे थियाे । 

यस्ताे छ अदालतकाे आदेश-

Skip This
Skip This
Logo