को हुन् प्रचण्ड पत्नी सीता दाहाल ? [भिडियाेसहित]

को हुन् प्रचण्ड पत्नी सीता दाहाल ? [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

१० कक्षा पढ्दापढ्दै प्रचण्डकी जीवनसाथी बनेकी सीताले अन्तत संसार छाडेकी छिन्। उनले जस्तोसुकै जीवनका कठिन दिनमा पनि श्रीमान्को साथ छाडिनन्।भारत प्रवासमा रहँदा होस् कि सशस्त्र द्वन्द्वका बेला, सीता पति प्रचण्ड सँगसँगै हिँडिरहिन्। नजिकको सल्लाहकार बनेर सँधै प्रचण्डको साथमा उभिइरहिन्। 

लामो समयदेखि पार्किन्सन रोगबाट पिडीत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड श्रीमती सीता दाहालको बुधबार बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भयो। 

अस्पतालले भने अनुसार बिहान ८ बजे आकस्मिक रुपमा ल्याइँदा लगभग सीताको अन्तिम सास मात्र बाँकी थियो।

अस्पतालले भने अनुसार बिहान ८ बजे आकस्मिक रुपमा ल्याइँदा लगभग सीताको अन्तिम सास मात्र बाँकी थियो। उनको पशुपति आर्यघाटमा अत्यष्टि समेत गरिसकिएको छ। उनलाई पुष्पकमल दाहाल,छोरी,रेणु र गंगाा दाहालले दागबत्ति दिएका हुन्। 

जेठी छोरी र छोरो गुमाएको चोट बोकेर हिँडिरहेका दाहालले अन्ततः पत्नी शोकको बज्रपात पनि झेल्नुपरेको छ। युद्धबाट शान्ति प्रक्रियामा आएको १६ वर्षको अवधिमा उनले जन्मदिने बुबासहित परिवारका चार सदस्य गुमाइसकेका छन्।

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन ६९ वर्षको उमेरमा भएको हो। विसं २०११ असार २१ गते कास्कीको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी हुन्। उनको विवाह पुष्पकमल दाहालसँग २०२६ सालमा भएको हो।

विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्। पार्टीको कामका लागि पञ्चायतकलामा लामो समय भूमिगत जीवन बिताएकी दाहाल देशमा जनयुद्ध सुरुआत भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रूपमा सहभागी भएकी थिइन्।

जनयुद्धका समयमा सिङ्गो पार्टीको अभिभावकका रूपमा उनले पार्टीभित्रका चुनौती, सङ्कट,विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन्।पछिल्लो समय उनी पार्किन्सन लगायत रोगबाट पीडित भएकी थिइन्। 

विसं २०२८ देखि नै कम्युनिष्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल माओवादी केन्द्रको सल्लाहकार थिइन्।

चितवनको भरतपुर महानगरपालिका–१४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानुको क्यान्सर र छोरा प्रकाशको हृदयाघातका कारण निधन भइसकेको छ। संयोग नै मान्नुपर्छ उनका छोराको शव पनि नर्भिकबाट नै निकालिएको थियो। 

छोरी रेणु दाहाल र गङ्गा दाहाल भने राजनीतिमै सक्रिय छन्। १० वर्षको अन्तरालमा आफ्नो जीवनका ३ प्रिय मान्छेलाई गुमाउनुको पीडा पुष्पकमल दाहालको अनुहारमा छर्लङ्ग देखिएको छ।

सीताको उपचारका लागि दाहालले कुनै उपाय बाँकी राखेनन्। देश विदेशका सबै खाले उपचार पद्धतिको प्रयोग गरे। तर,सीता पछिल्लो समय अचेत अवस्थामा निकै कष्टकर जीवन व्यतित गरिरहेकी थिइन्। पुष्पकमल दाहाललाई प्रचण्ड बनाउने मुख्य पात्र सीता दाहाल नै हुन् भन्ने गरिन्छ। 

Logo