संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले चलचित्र ‘बगान’ले समाज परिवर्तनका लागि भूमिका खेल्ने बताएकी छिन्। बुधबार साँझ आयोजित चलचित्र ‘बगान’ को प्रिमियर शोपछि उनले ‘बगानले एकल आमाले गर्नु पर्ने संघर्ष, दायित्वसँगै परिवार र समाजबाट राख्ने अपेक्षा देखाएको बताइन्।
“एकल आमाको भावनालाई चलचित्रमार्फत समाजसम्म पुर्याउने प्रयास गरिएको छ। समाजसँगै आफ्नै परिवारबाट समेत सहयोग नपाउँदा जीवनको यात्रामा भोग्नु पर्ने समस्या चलचित्रमार्फत देखाइएको छ”,उपसभामुख रानाले भनिन्।
समाज रूपान्तरणमा पुरुषको महत्वपूर्ण भूमिका हुने उनको धारणा छ। “एकल आमाले नयाँ जीवन बाँच्न पाउनुपर्छ भन्ने तथ्यलाई प्रस्ट्याएको यो चलचित्रले समाज परिवर्तन गर्न भूमिका खेल्छ”,उनले भनिन्। सरोज खनालले निर्देशन गरेको चलचित्र भोलिबाट प्रदर्शनमा आउँदैछ।































प्रतिक्रिया