तथा वातावरण मन्त्री बीरेन्द्रप्रसाद महतोले चुरे क्षेत्रको संरक्षणका लागि सरकारले प्रभावकारी कार्यहरु अघि बढाएको बताएका छन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री महतोले चुरे क्षेत्रमा नदी प्रणालीमा आधारित रहेर काम भइरहेको जानकारी दिए।
उनले भने‘चुरे संरक्षणको लागि आर्थिक वर्ष १ अर्व ५ करोड बजेट विनियोजन गरिएको छ। चुरे क्षेत्रमानदी प्रणालीमा आधारित रहि ५ वटा कार्यान्वयन निकाय मार्फत भू-संरक्षण,जल पूर्वभरण,वृक्षरोपण ,कृषि वन ,खोला किनारा लगायतका कार्यक्रमहरु सञ्चालनमा छ। मन्त्री महताले जलवायु परिवर्तन न्यूनीकरणको लागि नेपाल तथा विभिन्न विकास सांझेदार निकायहरुको सहकार्यमा बिभिन्न कार्यहरु भइरहेको जानकारी दिए।
उनले भने ‘प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा जलवायु परिवर्त न्यूनीकरण तथा अनुकुलका सघाउ पुग्ने खालका कार्यक्रमको लागि संघर प्रदेश स्थानीय तहबाट कार्यन्वयन हुने गरि बजेट विनियोजन गरिएको छ।’ सरकारले बन तथावातावरण मन्त्रालयको लागि १२ अर्ब ११ करोड १३ लाख बजेट प्रस्तावित गरेको छ।































प्रतिक्रिया