संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले अभिलेख पनि जति सम्पन्न र प्रभावशाली भयो त्यति नै राज्य स्मार्ट बन्ने बताएका छन्।
राष्ट्रिय अभिलेखालयको ५५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अभिलेख उतार प्रशिक्षण कार्यक्रमको प्रमाण पत्र वितरण तथा‘निर्वाण तन्त्र’पुस्तक विमोचन समारोहमा उनले अभिलेख राज्यको नाभिभएको भन्दै अभिलेखालय जति सहि हुन्छ समाज र इतिहासको अध्यन पनि त्यति नै सहि हुने बताए।
उनले भने,‘मानिसमा स्मरण शक्तिजति बढी हुन्छ त्यति नै स्मार्ट हुन्छ त्यस्तै अभिलेख पनि जति सम्पन्न हुन्छ र प्रभावशाली भयो त्यतिनै राज्य स्मार्ट हुन्छ। अभिलेखालय जति सहि हुन्छ समाज र इतिहासको अध्यन पनि त्यति नै सहि हुन्छ। समाज र इतिहासलाई सहि तरिकाले बुझेपछि योजना सहि हुन्छ, योजना सहि भएपछि कार्यान्वयन सहि हुन्छ, कार्यान्वयन सहि भयो भने नै देश समृद्धि र विकासको बाटोमा अगाडि जान्छ।अभिलेख भनेको राज्यको नाभि रहेछ,भन्ने लाग्छ।’
यस्तै मन्त्री किराँतीले समाजमा मौखिक रुपमा रहेको वौद्धिक सम्पदाहरुलाई अभिलेखा मार्फत सम्पत्तिको रुपमा संरक्षण गर्ने नीतिमा लिए पनि बजेट अभावका कारण सम्पन्न गर्न नसकेको बताए।
उनले भने,‘अहिलेको हाम्रो चुनौती भनेको अभिलेखलाई संघीय लोकतान्त्रिक गणतन्त्रको आधारमा पुनः संरचना गर्नुपर्ने छ। समाजमा रहेको मौखिक ज्ञानको रुपमा रहेको वौद्धिक सम्पदाहरुलाई अभिलेख मार्फत सम्पत्तिको रुपमा संरक्षण गर्ने मौखिक ज्ञान संग्रालय भन्ने पनि नीतिमा लिएका थियौँ। तर बजेटले नै हामीलाई हैरान बनाई हाल्छ तर के गर्न सक्छौँ त्यसमा प्रयास गर्ने नै छौँ।’ उनले सोच र योजनामा जति नै नीति बनाए पनि बजेटले गर्दा कार्यान्वयनमा ल्याउन नसकेको भन्दै यस विषयमा सबै जना गम्भीर भएर लागेको बताए।































प्रतिक्रिया