दश नयाँ शहर निर्माण सरकारको प्राथमिकतामा छः मन्त्री गुरुङ

दश नयाँ शहर निर्माण सरकारको प्राथमिकतामा छः मन्त्री गुरुङ

केन्द्रबिन्दु
0
Shares

शहरी विकास मन्त्री सीता गुरुङले २० वर्षभित्र १ लाख जनसंख्या बस्न सक्ने १० वटा नयाँ सहर बनाउने लक्ष्य सरकारको प्राथमिकतामा रहेको बताएकी छिन्। राष्ट्रिय सभाको बैठक अन्तर्गत आज मन्त्रालयगत छलफलपछि उठेका प्रश्नको जवाफ दिँदै उनले हिमाल, तराई र पहाडमा रहेको जनसंख्याको असमानता र असन्तुलित विकासलाई व्यवस्थापन गर्नुका साथै तिव्र बसाईसराईलाई रोक्न शहरी सेवा सुविधासहितको नयाँ सहर विकासको लक्ष्यलाई प्राथमिकतामा राखेर निरन्तरता दिँदै बजेट केन्द्रीत गरिएको बताइन्। 

उनले भनिन्,‘हिमाल,तराई र पहाडमा रहेको  जनसंख्याको असमानता र असन्तुलित विकासलाई व्यवस्थापन गर्नुका साथै तीव्र बसाईसराईलाई रोक्न मध्य पहाडी लोकमार्ग र उत्तर दक्षिण राजमार्गको मिलन विन्दु वा आसपासमा शहरी सेवा सुविधासहितको नयाँ शहर विकास गरी २० वर्षभित्र प्रत्येक सहरमा १ लाख जनसंख्या बस्न सक्ने १० वटा नयाँ सहर बनाउने लक्ष्यसहित आर्थिक वर्ष २०६७, ६८ बाट सुरु गरिएको नयाँ सहर आयोजनालाई विशेष प्राथमिकताका साथ निरन्तरता दिदैँ बजेट केन्द्रीत गरिएको छ। 

यस्तै, उनले नगरपालिका प्रमुखको रुपमा १३ जना मात्रै महिलाहरु निर्वाचित भएको भन्दै महिला निर्वाचित भएका नगरपालिकाहरुलाई विशेष प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताइन्। 

उनले भनिन्,‘नगरपालिकाको छनोट गर्दा प्रादेशिक सन्तुलन मिलाउनुको साथै ७ सय ५३ वटा स्थानीयतहहरुमध्ये नगरपालिकाहरुमा १३ जना मात्रै महिलाहरु प्रमुखको रुपमा निर्वाचित हुनु भएको र त्यसैलाई प्राथमिकतामा राखेर नगर प्रमुखको रुपमा महिला निर्वाचित भएका नगरपालिकाहरुलाई विशेष प्राथमिकता दिइएको छ।’ मन्त्री गुरुङले फोहोरमैला व्यवस्थापनका लागि स्थानिय सरकारलाई जिम्मेवार बनाउनु पर्छ भन्ने मन्त्रालयको धारणा रहेको पनि बताइन्।   

Logo