खेलाडिले निर्धक्क खेल्ने अवस्था नै छैनः मन्त्री लिम्बू

खेलाडिले निर्धक्क खेल्ने अवस्था नै छैनः मन्त्री लिम्बू

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बूले खेलाडिले निर्धक्क खेल खेल्ने वातावरण निर्माण गर्न नसकिएको स्विकार गरेका छन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री लिम्बूले  खेल खेल्दा खेलाडीलाई केही भइहाल्छ कि भनेर पिरोलिनुपर्ने अवस्था रहेको स्विकार गरे।  

उनले भने ‘खेलाडीहरुको लागि बीमाको सामस्या छ।अहिलेसम्म यात्रु बीमा जस्तो गरेर खेलाडीहरुले खेलिरहेको अवस्था रहेछ। खेल खेल्दै गरेको छोरा छोरीलाई केही भईहाल्छ की भन्ने चिन्ताले आमा बुवा पिरोलिरहेको अवस्था छ। अगामि दिनमा खेलाडीहरुको जीवन बीमा गरेर ढुक्क भएर खेल्ने खालको वातावरण बनाउनुपर्ने अवस्था छ त्यसलाई नीतिगत रुपमा अगाडि बढाउने कार्य भइरहेको छ।’

मन्त्री लिम्बूले भौतिक पूर्वाधारको क्षेत्रमा पुँजीगत खर्च ९ प्रतिशत मात्र गरेको देखिएकोले यसको लागि छुुट्टै ईकाइ निमार्ण गरेर समयमा नै पूर्वाधार निमार्ण सम्पन्न गर्नु पर्ने बताए। युवा नीति २०७२ लाइ संशोधन गरेर युवाहरुलाइ सशक्तीकरण गर्ने र प्रोत्साहन गर्ने उनको भनाई छ।

Skip This
Skip This
Logo