भारतको उत्तर प्रदेशस्थित पशुपतिनाथमा रहेको वृद्धाश्रम पुननिर्माण गर्छौँः मन्त्री किराती

भारतको उत्तर प्रदेशस्थित पशुपतिनाथमा रहेको वृद्धाश्रम पुननिर्माण गर्छौँः मन्त्री किराती

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भारतको उत्तरप्रदेश ललिताघाट बनारसी साम्राज्य स्वर पशुपतिनाथ महादेवको मन्दिर परिसरको वृद्धाश्रम पुनःनिर्माण गरिने जानकारी दिएका छन् । 

यसअघि राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयक २०८०माथि मन्त्रालयगत रुपमा भएको छलफलका क्रममा सांसदहरुले भारतमा रहेको पशुपतिनाथ मन्दिर तथा धर्मशाला पुर्ननिर्माणका लागि मन्त्रालयले बजेट छुट्याएको विषयप्रति सरकारको जवाफ मागेका थिए । 

जवाफमा मन्त्री किरातीले साम्राज्य स्वर पशुपतिनाथ मन्दिर र त्यसको परिसरमा रहेको  वृद्धाश्रम तथा धर्मशाला पुनःनिर्माण पुरातत्व विभागको समन्वयनमा भारतस्थित नेपाली राजदूतावासले गर्ने स्पस्ट पारे । उनले उक्त मन्दिर नेपाल सरकारकै स्वामित्वमा रहेको समेत बताए । 

Logo