नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापनाको सम्भाव्यता अध्ययन गर्न जर्मन कम्पनीसँग सम्झौता

केन्द्रबिन्दु
0
Shares

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका लागि लगानी बोर्ड नेपाल र जर्मनीको डियाज इन्डस्ष्ट्रिजबीच सम्झाैता भएकाे छ । 

बिहीबार एक कार्यक्रमकाबीच समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील र डियागका महाप्रबन्धक बेञ्जामिन बेकरले हस्ताक्षर गरेका हुन् ।

सार्वजनिक निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार, डियागको प्रस्तावका आधारमा लगानी बोर्डको मिति २०७८ चैत्र १७ मा सम्पन्न ५० औँ बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो । साथै प्रस्तावकसँग गरिने समझदारीपत्रको मस्यौदा मिति २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औँ बैठकबाट स्वीकृत भएको थियो ।

समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डियागले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र म्लगानी बोर्डको कार्यालयसमक्ष पेश गर्नुपर्नेछ । प्रस्तावक डियागले नेचुरल ग्यास, इलेक्ट्रोलाइसेस वा हाइब्रिड प्रबिधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ । उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि अमेरिकी डलर ७१४ मिलियन लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ ।

साथै आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक/निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने व्यवस्था उल्लेख रहेको छ । उक्त समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतले विश्वसनीय अध्ययनले जोखिम न्यूनीकरणसहित परियोजनाको कार्यान्वयन र दिगो रुपमा सञ्चालन गर्ने मार्गचित्र प्रदान गर्ने भएकाले तोकिएको समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेश गर्न प्रस्तावकलाई आग्रह गरे ।

Skip This
Skip This
Logo