लमजुङमा पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु

लमजुङमा पहिरोले घर पुरिंदा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

लमजुङ ।

लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

स्थानिय दीपक तामाङको घर पहिरोले पुरिएको हो । पहिरोमा परि दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । अन्य तीन जना सामान्य घाइते भएका छन् ।

राति ११ बजे तिर माथिबाट आएको पहिरोले घर पुरिएको हो । उद्धारका लागि राति नै प्रहरी घटनास्थल पुगेको थियो । थप विवरण आउन बाँकी छ ।

Logo