मधेसमा मनाइयाे भानु जयन्ती

मधेसमा मनाइयाे भानु जयन्ती

केन्द्रबिन्दु
0
Shares

भानुभक्तको जन्मजयन्ती मधेशमा पनि भब्यताका साथ मनाइएकाे छ।

शुक्रबार महोत्तरीको गौतम होटलमा ८४ जना बिद्यार्थीहरुले सोही अवसरमा आफ्ना रचनाका माध्यमबाट भानुभक्तलाइ मात्र सम्झिएनन्, देशको अवस्थाप्रती तीखो व्यंग्य प्रहार समेत गरे।

बर्दिबास हेल्प फाउन्डेसनद्वारा भानुजयन्तिको अवसरमा आयोजित कार्यक्रममा सामाजिक यथार्थवादी कविताहरु प्रस्तुत गर्दै विद्यार्थीहरुले कविता कै माध्यमबाट खवरदारी गरेका हुन्। राष्ट्रिय सरस्वती माध्यामिक विद्यालय कालापानीमा अध्यनरत दुई जना छात्राहरुले त बर्तमान समयमा हराउदै गएको मानविय संवेदनालाइ कविताका माध्यमवाट यथार्थ चित्रण गरेका थिए। 
 
बलात्कार र यौन दुर्ववहार शिर्षकमा वाचन गरेका उक्त कवितामा विद्यालय, घर, समाज, बस जस्ता ठाउँमा हुने यौनजन्य दुर्ब्यबहारमाथी प्रश्न उठाए भने कविता कै माध्यमवाट गृष्मा भण्डारी र सुम्निमा भण्डारीले निर्मलाहरुका अपराधीले उन्मुक्ति पाएको प्रति चिन्ता ब्यक्त गरेका थिए ।

प्रतियोगीको रुपमा विभिन्न विद्यालयमा अध्यणरत ८४ जना छात्र-छात्राहरु सहभागी भएको उक्त कार्यक्रममा सामाजिक,विकृती, बिसंगती र मौलाउँदै गएको मानविय अपराधको बिषयमा आफ्ना उत्कृष्ट रचनाहरु वाचन गरे।

उक्त प्रतियोगितामा पंचधुरा माध्यामिक विद्यालयका छात्रा जस्मिन पौडेल प्रथम, देउराली माध्यामिक विद्यालय बर्दिबासमा अध्यणरत छात्रा मन्जिता परियार दृतिय, जनता माध्यामिक विद्यालयका छात्र जविर दर्जीले तृतीय स्थान हासिल गरेका थिए। उनिहरुलाइ क्रमशः १५ हजार, १० हजार र ५ हजारको पुरस्कार राशीले सम्मान गरिएको थियो।

Logo