उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन्। देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताए।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस संसदीय दलको नेता परिवर्तनमा आफ्नो प्रयास निरन्तर रहने बताएका छन्। पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने बताए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन्। नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा प्रकरणसम्म आइपुग्दा भ्रष्टाचार गर्न र भ्रष्टाचारीलाई जोगाउन कांग्रेस र कम्युनिस्ट एकैस्थानमा उभिने प्रमाणित भएको दाबी गरे।
पार्टीका साथीहरुको साथ र सङ्ख्या पुगेको अवस्थामा संसदीय दलको नेता परिवर्तनका लागि सार्थक प्रयास हुने बताए।
भारतको पिथौरागढमा सम्पन्न नेपाल-भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ। बिहान ७ बजे मात्रै खुल्ने झुलाघाट नाका अब ६ बजे नै खोल्ने भएको छ। यसले दुवै देशका नागरिकलाई आवत जावत गर्न सहज हुनेछ।
सुदूरपश्चिम प्रदेशमा सांसदको प्रत्यक्ष निगरानीमा कार्यान्वयन हुने सांसद विकास कोषको रकम बढाउने सहमति भएपछि बजेटमाथिको विरोध कम हुने देखिएको छ। प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई ३ करोडबाट ५ करोड पुर्याउने सहमति गरेका छन्।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारी जोगाउन कांग्रेस र कम्युनिस्ट एकै स्थानमा उभिने प्रमाणित भएको बताएका छन्।
सरकारले ६ देशका लागि राजदूत सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो। राजदूतको लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) रहेका छन्।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्ध हुनेक्रम बढेको छ। सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत गरेपछि हालसम्म दुई लाख ६० हजार ८२ श्रमिक योजनामा आबद्ध भएका छन्।
प्रदेशसभामा प्रस्तुत बजेटमा सत्ता पक्षबाटै तीव्र असन्तुष्टि चुलिएपछि मुख्यमन्त्री कमलबहादुर शाहले सांसद विकास कोषको बजेटलाई ३ करोडबाट ५ करोड पुर्याउने सहमति गरेका छन्।
भारत र चीनबीचको द्विपक्षीय व्यापारमा ह्रास आएको छ। दुई देशबीचको व्यापारमा शून्य दशमलव ९ प्रतिशतले गिरावट आएको हो। विगत केही वर्षदेखि सीमामा तनाव बढेपनि दुई देशबीचको व्यापारमा कीर्तिमानी वृद्धि भएको थियो। तर, अहिले वर्षौंपछि द्विपक्षीय व्यापारमा ह्रास आएको छ।
विश्वविजेता अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीलाई उछिन्दै पोचुर्गिज स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन्। योसँगै रोनाल्डोले वर्ष २०२३ मा सर्वाधिक कमाई गर्ने खेलाडीका रुपमा नयाँ विश्व रेकर्ड बनाउन पनि सफल भएका छन्।





























प्रतिक्रिया