सार्वजनिक सवारी संचालन गर्न दिने सरकारकाे निर्णय

सार्वजनिक सवारी संचालन गर्न दिने सरकारकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले एउटै जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक सवारी साधन चल्न दिने निर्णय गरेको छ ।

उपत्यकाका तीन जिल्लाभित्र बाहेक अन्य जिल्लामा एक जिल्लाबाट अर्को जिल्लामा संचालन हुन नदिने गरि एउटै जिल्लाभित्र मात्र सार्वजनिक यातायात चलाउन पाइने सरकारले निर्णय गरेको हो ।

तर यसका लागि भने स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्नु पर्नेछ । आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै अर्थ तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले यसको जानकारी दिएका हुन् ।

तर व्यवसायीहरुले सिट क्षमता भन्दा आधा मात्र यात्रु राख्न पाउने छन् । यस्तै यात्रुलाई मास्क अनिवार्य गरिएको छ । ट्याक्सीमा भने दुई जनासम्म मात्र बोक्न पाइनेछ । भाडादर भने हाल चल्तीको भन्दा ५० प्रतिशतसम्म बढी लिन पाउने निर्णय भएको पनि सरकारले जनाएको छ ।

Skip This
Skip This
Logo