गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद एनआरएनए कतारको सन २०२३-२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन्।
विगत दुई दशकदेखी कतारलाई कर्मथलो बनाई विभिन्न सामाजिक संघ संस्थाको नेतृत्व गर्दै अनवरत रुपमा सामाजिक कार्यमा सक्रिय रहेका एनआरएनए मध्यपुर्वका डिआरसी भट्टले कतारमा रहेका धेरै नेपाली संघ सँस्थाहरुको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन्।
उनलाई जनप्रगतीशिल मंच कतार,जनसंपर्क समिती कतार,प्रवासी नेपाली मंच कतार,जनजाती महासंघ कतारलगाएत सँस्थाले संयुक्त उम्मेदवारको रुपमा सार्वजनिक गरेका हुन्। कतारमा रहेका ठुला सबै संघ सँस्थाको समर्थन पाएपछि एनआरएनए कतारको अध्यक्षमा भट्टको पल्ला भारी देखिएको छ।
एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरुको साथ सहयोगको लागी भट्टले अनुरोध गरेका छन्।
कतारको सामाजिक धेरै संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने ऊद्देश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा भट्टले शनिवार उम्मेदवारी घोषणा गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै भट्टले सबै कतारवासी नेपालीहरुलाई साथ,सहयोग र सहकार्यका लागी अनुरोध समेत गरेका छन्। एनआरएनए कतारको अध्यक्षका उम्मेदवार भट्टले शनिबार आफ्नो प्रतिबद्धता पत्र सहित उम्मेदवारी घोषणा गरेका छन्।





























प्रतिक्रिया