पिनाकल एकेडेमीले पायो आउट स्ट्याण्डिङ पर्फमेन्स अवार्ड

पिनाकल एकेडेमीले पायो आउट स्ट्याण्डिङ पर्फमेन्स अवार्ड

केन्द्रबिन्दु
0
Shares

ललितपुरको लगनखेलमा रहेको पिनाकल एकेडेमीले ‘आउटस्टान्डिङ पर्फमेन्स अवार्ड, २०८०’ प्राप्त गरेको छ। 

केन्द्रबिन्दु डटकमले आइतबार काठमाडौंमा आयोजना गरेको एक विशेष कार्यक्रमकाबीच  सीप र शिक्षा दुवैलाई सँगसँगै अगाडि बढाएको पिनाकल एकेडेमीलाई आउटस्टान्डिङ पर्फमेन्स अवार्ड गरिएको हो । 

पिनाकलले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको उच्च सम्मान गर्दैै केन्द्रबिन्दुले उक्त अवार्ड प्रदान गरेको हो । पिनाकल एकेडेमीमा अहिले प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन, मानविकी र कानून संकायमा अध्ययन अध्यापन हुँदै आएको छ ।

आफ्नो स्थापनाको सिल्भर जुब्ली मनाइरहेको पिनाकलले यात्राका दौरान हरेक वर्ष ‘प्लस टु’ को परीक्षा नतिजामा आफूलाई बोर्डमा उभ्याउन सफल भएको छ। 

विज्ञान, कम्युटर म्यानेजमेन्ट, हस्पाटिली म्यानेजमेन्ट, विजनेश म्यानेजमेन्ट, पत्रकारिता पढ्ने विद्यार्थीलाई पिनाकलले प्रयोगात्मकसहितको कक्षा उपलब्ध गराउँदै आएको छ। 

Skip This
Skip This
Logo