आजदेखि हवाई भाडा ६ प्रतिशत बढ्ने

आजदेखि हवाई भाडा ६ प्रतिशत बढ्ने

केन्द्रबिन्दु
0
Shares

वायुसेवा कम्पनीहरूले आजदेखि लागु हुनेगरी हवाई भाडा ६ प्रतिशत वृद्धि गर्ने भएका छन्।

सरकारले मूल्य अभिवृद्धि कर लगाएको भन्दै नेपाल वायुसेवा सञ्चालक संघले आइतबार प्रेस विज्ञप्ति जारी गरी आन्तरिक उडानमा भाडा वृद्धि गर्ने जानकारी दिएको थियो।

आर्थिक वर्ष २०८०/०८१ को बजेटमा हवाई यातयाात सेवालाई अनिवार्य रूपमा मूल्य अभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरिएको छ। सरकारले सेवा शुल्कबापत १३ प्रतिशत भ्याट लगाएको छ। तर, हवाई टिकटमा भ्याट कार्यान्वयन गरे पनि १३ प्रतिशतकै दरमा शुल्क नबढ्ने बताइएको छ।

Skip This
Skip This
Logo