एनआईसी एशिया लघुवित्तको साधारण शेयर सूचीकरण

एनआईसी एशिया लघुवित्तको साधारण शेयर सूचीकरण

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्व साधरणमा वितरण गरिएको ४७ लाख ५५ हजार कित्ता र संस्थापक १ करोड ४५ हजार कित्ता शेयर समेत गरी जम्मा १ करोड ४८ लाख कित्ता साधारण शेयर नेपाल स्टक एकस्चेन्जमा असार २४ गते सूचीकरण भएको छ ।

नेपाल धितोपत्र बोर्डबाट गत चैत ४ गते स्वीकृत विवरणपत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष नियमावली ०६७ को नियम ४६ मा भएको व्यवस्था बमोजिम सर्वसाधारणमा निष्काशन गर्नु अगावै ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुबाट कुल २ करोड ३७ लाख ८० हजार कित्ता शेयर माग गरेको थियो ।

आवेदन प्राप्त भएकोले ११ वटा सामुहिक लगानी कोषहरुको १८ वटा योजनाहरुलाई माग गरेको अनुपातमा समानुपातिक हिसावले २ लाख ३७ हजार ८०० कित्ता शेयर बाँडफाँड भएको र कर्मचारीहरुलाई ७४ हजार कित्ता शेयर छुट्टाइएकोमा १६६ जना कर्मचारीहरुबाट ७४ हजार कित्ता शेयर बाँडफाँड गरिएको छ । बाँकी सर्व साधारणहरुलाई छुट्याईएको प्राथमिक निष्काशन ४४ लाख ४३ हजार २०० कित्ता शेयर सर्व साधारणको लागि विक्री खुल्ला गरिएको शेयर निष्काशन असार १४ गते (बैंकिङ्ग समय पश्चात) निष्काशन बन्द भएको थियो । यस संस्थाले आ.व. २०७६÷७७ को तेस्रो त्रैमाससम्ममा कर्जा लगानी ७ अर्ब २२ करोड पु¥याउन सफल भएको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरि स्थापना भएको यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको छोटो समयमा नै लघुवित्त क्षेत्रमा उच्च स्थान हासिल गर्न सफल भएको छ । हाल तत्काल खोलिएको शाखाहरु सहित ३३ जिल्लाहरुमा १०५ शाखा कार्यालयहरुबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Skip This
Skip This
Logo