सरकारले बनाएको अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगले २३ हजार ९ सय ५९ उजुरी आएको जनाएको छ ।
गौरी बहादुर कार्की संयोजकत्वमा गठन भएको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले आइतबार प्रतिवेदन सार्वजनिक गर्दै पश्चिम नवलपरासीसहित मधेशका आठ जिल्लामा उक्त समस्या विकराल रहेको औँल्याएको हो ।
मधेसका आठ जिल्लामा मात्र १८ हजार ३ सय ५६ले निवेदन दिएको जनाउँदै कार्की आयोगले विवाह, तिलक, व्रतबन्ध, मरण आदि सामाजिक कार्यका साथै औषधोपचार, वैदेशिक रोजगारलगायतका खर्चका लागि आवश्यकता पर्ने रकमको जोहो गर्दा चर्को ब्याजसहित ऋण लिने गरेको पनि जनाइएको छ। देशका ६५ जिल्लामा यो समस्या रहेको औँल्याउँदै आयोगले वैशाख १७ देखि जेठ १४ सम्ममा सबैभन्दा धेरै बारामा ३ हजार ३ सय २२ निवेदन परेको उल्लेख छ।
आयोगले जेठ १७ गते देखि असार मसान्तसम्ममा १८ सय ८२ निवेदन मेलमिलापबाट फर्छ्यौट भइसकेको जनाइएको छ । सरकारले चैत २० गते कार्की नेतृत्वमा आयोग गठन गरेको थियो ।





























प्रतिक्रिया