बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक

बञ्चरेडाँडामा फोहोर फाल्न स्थानीयको रोक

केन्द्रबिन्दु
0
Shares

नुवाकोटको बञ्चरेडाँडाको ल्याण्डफिल साइटमा आजदेखि फोहोर फाल्नमा स्थानीयले रोक लगाएका छन् ।

सरकार र काठमाडौँ महानगरपालिकाले सहमति कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाले सोमबारदेखि फोहोर विसर्जनमा अवरोध गरेका हुन्।

बन्चरे डाँडाको ल्याण्डफिल साइटमा फोहोर लिएर जाने गाडीलाई स्थानीयले रोकेका हुन्। स्थानीयहरूले आफ्ना माग पुरा नभएसम्म फोहोर फाल्न नदिने पनि बताएका छन्।

यसैबीच, ककनी गाउँपालिकाले फोहोर बोकेर बन्चरेडाँडा जाने हरेक सवारी साधनबाट १५ सय सम्म शुल्क लिने निर्णय गरेकोमा ककनी गाउँपालिकाविरुद्ध सर्वोच्चमा अदालतमा रिट दायर भएको छ ।

Logo