दुई समितिको बैठक बस्दै

दुई समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभा र राष्ट्रिय सभाको दुई वटा समितिको बैठकहरू बस्ने भएका छन्। 

संसद सचिवालय सिंहदबारमा आज प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समिति र राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बोलाइएको हो।

संसद सचिवालयका अनुसार बिहान ११ बजेका लागि दुबै बैठक बोलाइएको छ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा सिड समिति सम्बन्धमा पूर्व उपसभामुख तथा पूर्व प्रतिनिधिसभा सदस्य पुष्पा भुसालको प्रस्तुती रहनेछ। त्यसमाथि बैठकमा छलफल हुने सचिवालयले जनाएको छ। दुवै समितिको बैठक आ-आफ्नै सभा कक्षमा बस्ने छ। 
 

Logo