रोनाल्डो बने वर्ष २०२३ कै सबैभन्दा धेरै कमाई गर्ने खेलाडी, मेसी कति औं स्थानमा परे ? [भिडियाे]

रोनाल्डो बने वर्ष २०२३ कै सबैभन्दा धेरै कमाई गर्ने खेलाडी, मेसी कति औं स्थानमा परे ? [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

विश्वविजेता अर्जेन्टाइन फुटबल स्टार लियोनेल मेस्सीलाई उछिन्दै पोचुर्गिज स्टार क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धेरै आम्दानी गर्ने खेलाडी बनेका छन् । योसँगै रोनाल्डोले वर्ष २०२३ मा सर्वाधिक कमाई गर्ने खेलाडीका रुपमा नयाँ विश्व रेकर्ड बनाउन पनि सफल भएका छन् ।

फोर्ब्सको सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा सन् २०१७ पछि पहिलो पटक परेका हुन्।दोस्रो पटक इङ्लिस क्लब म्यानचेष्ट युनाइटेड छाडेर साउदी क्लब अल नासर पुगेका रोनाल्डोले यो वर्षमात्र १३.६ करोड डलर कमाई गरेका छन् । रोनाल्डोले मैदान भित्र र मैदानबाहिर गरेर यति धेरै रकम कमाइ गरेका हुन् । 

सन् २०२२ मा फुटबलबाटै धेरै कमाउने अन्य दुई खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे छन् ।

पोर्चुगिज स्टार साउदी क्लब अल नासरमा आबद्ध भएपछि उनको तलब दोब्बरले वृद्धि भए पनि उनको आम्दानीको ठुलो स्रोत भने नाइकीको स्पोनसरसीप र सीआर सेभेन ब्रान्डको मर्चेन्डाइजबाट धेरै हुने गरेको छ। 

फोर्ब्सले एथ्लीटहरूको आम्दानीको गणना खेल क्षेत्रका व्यक्ति, समाचार रिपोर्ट र तलब डाटाबेसबाट प्राप्त डाटाको आधारमा गर्ने गरेका छन् । 

मैदानमा हुने आम्दानीको तथ्याङ्कमा तलब, पुरस्कार रकम र बोनसहरू समावेश हुन्छन्, यस्तै मैदान बाहिरको कमाई प्रायोजकसँगको सम्झौता, उपस्थिती शुल्क, स्मरण र इजाजतपत्रको आम्दानी, साथै खेलाडीको महत्त्वपूर्ण रुचि भएको कुनै पनि व्यवसायबाट नगद फिर्ताको अनुमान गरिन्छ ।

सन् २०२२ मा फुटबलबाटै धेरै कमाउने अन्य दुई खेलाडी अर्जेन्टिनाका लियोनेल मेस्सी र फ्रान्सका केलियन एमबाप्पे छन् । 

मेस्सी वर्ष २०२३ मा १३ करोड डलरको साथ दोस्रो स्थानमा अटाएका छन् । मेस्सीले कमाएको १३ करोड डलरमध्ये मैदानभित्र र मैदान बाहिर दुबैमा ६५–६५ मिलियन डलर कमाई गरेका छन् । 

फोर्ब्सले एथ्लीटहरूको आम्दानीको गणना खेल क्षेत्रका व्यक्ति, समाचार रिपोर्ट र तलब डाटाबेसबाट प्राप्त डाटाको आधारमा गर्ने गरेका छन् ।

मेस्सीपछि तेस्रो स्थानमा अटाएका एमबाप्पेले वर्ष २०२३ मा १०० मिलियन डलर मैदान भित्र र २० मिलियन डलर मैदान बाहिर कमाई गरेका छन् । यसैगरी चौथो स्थानमा अमेरिकी बास्केटबल सुपरस्टार खेलाडी लेब्रोन जेम्स अटाएका छन् । जेम्सले वर्ष २०२३ मा ११९ मिलियन डलर आम्दानी गरेका छन् । त्यस्तै पाँचौं स्थानमा कानेलो अल्भारेज अटाएका छन् । अल्भारेजले वर्ष २०२३ मा ११० मिलियन डलर कमाई गरेका छन् । 

यसैगरी गल्फतर्फबाट डस्टिन जोनसन १०.७ करोड डलरका साथ छैटौं स्थानमा छन् भने फिल मिकेल्सन १०.६ करोड डलरका साथ सातौं स्थानमा छन् । यस्तै अर्का अमेरिकी बास्केटबल खेलाडी स्टेफन करीे जारी वर्ष १०.०४ करोड डलरका साथ आठौं स्थानमा अटाएका छन् । 

त्यस्तै टेनिसका दुई खेलाडी पनि गिनिज बुकको नबौं र दशऔं स्थानमा अटाएका छन् । टेनिसका रोजर फेडेरर र सेरेना विलियम्सले वर्ष २०२३ मा क्रमश १० करोड डलर र ४ करोड ५३ लाख डलर कमाउन सफल भएका छन् ।  

Logo