सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई तत्काल उद्धार गर्न कमल थापाको आग्रह

सिन्धुपाल्चोकका बाढी पहिरो पीडितलाई तत्काल उद्धार गर्न कमल थापाको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा बाढी पहिरोमा परेकोहरुको तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष थापाले बिहिबार ट्वीट गर्दै सरकारसँग त्यस्तो आग्रह गरेका हुन् ।

उनले राप्रपाका सम्पूर्ण कार्यकर्तालाई पीडितको उद्धारमा जुट्न समेत अनुरोध गरेका छन्। ‘बाढी पैह्रोले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिकामा ठूलो जनधनको क्षति पुराएको छ’–उनले ट्वीटरमा लेखेका छन्–‘त्यस क्षेत्रमा तत्काल उद्धार र राहतको व्यवस्था गर्न सरकारसँग आग्रह गर्दछु । साथै, पिडित जनताको सेवामा जुटन राप्रपाका कार्यकर्ताहरुलाई अनुरोध गर्दछु।’

Logo