ललितनिवास जग्गा प्रकरणमा पक्राउ परेका बहालवाला सचिव कृष्णबहादुर राउतसहित चारजनाको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट आज सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको इजलासमा परेको छ।
उनीसँगै पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको निवेदन पनि एकसाथ सुनुवाइ हुँदैछ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रलायका सचिव राउत पक्राउ परेपछि उनका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिइएको थियो। उनको निवेदनमाथि सुनुवाइ गर्दै बन्दीप्रत्यक्षीकरण आदेश किन नहुने भन्दै सरकारका नामा कारण देखाऊ आदेश जारी गरिएको थियो।































प्रतिक्रिया